गृहपृष्ठ थप १० जनामा कोरोना पुष्टि
थप १० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृत्यु शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जना निको भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित समय : २२:०० बजे



















