global ime bank Long Banner Ad

गृहपृष्ठ सीवाईसी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सीवाईसी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सीवाईसी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । लघुवित्तले वैशाख २ गतेदेखि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले छिटो अवधिमै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा सोमबारसम्म माग भन्दा ५७ गुणा बढी आवेदन परिसकेको छ ।

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदकले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु