गृहपृष्ठ स्पेनिस ला लिगा : घरेलु मैदानमै बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा : घरेलु मैदानमै बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले स्तब्ध भएको हो । बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।
काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे । उनले खेलको ४८औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज १६औं स्थानमा रहेको छ ।
बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित समय : १३:५५ बजे



















