global ime bank Long Banner Ad

गृहपृष्ठ रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी

रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी

रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न उनी सर्वोच्च पुगेका हुन् ।

उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् । सरकारले उनीमाथि सूचना चुहाएको लगायतका आरोपमा अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी गरेका हुन् ।

सर्वोच्च स्रोतका अनुसार गभर्नर अधिकारीको रिट निवेदनमाथि अध्ययन गरिरहेको छ ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु