nmb bank

गृहपृष्ठ सेयर बजारमा २९ अंकको पहिरो, १ अर्ब ४४ करोडको कारोबार

सेयर बजारमा २९ अंकको पहिरो, १ अर्ब ४४ करोडको कारोबार

सेयर बजारमा २९ अंकको पहिरो, १ अर्ब ४४ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सेयर बजार घटेकाे छ । नेप्से २९.६० अंकले र सेन्सिटिभ सूचक ५.१२ अंकले घटेको हो । आज २ सय ३३ कम्पनी कारोबारमा सामेल भए । जसमध्ये ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ७ लाख रूपैयाँको कारोबार भएको हो ।

आज २४ कम्पनीको सेयर बढ्दा १६७ वटाको घटेको छ भने ४ वटाको उही मूल्य कायम भएको छ । नेस्डोका लगानीकर्ताले भने सूचक घटिरहे पनि दिनहुँजसो कमाउँदै आएका छन् । कम्पनीको सेयर आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.९० रुपैयाँ कायम भएको छ । त्यस्तै जाल्पा सामुदायिकको पनि ४ प्रतिशतले बढेको छ ।

आज हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । यसबाहेक इमर्जिङ नेपालका लगानीकर्ताले ७.५८ प्रतिशत गुमाउँदा राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले ६ प्रतिशत गुमाउनुपरेको छ । आज सर्वाधिक कारोबार भने नेपाल टेलिकमको भएको छ । कम्पनीको झण्डै ५ करोडको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु