nmb bank

गृहपृष्ठ युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियानमा हातेमालाे

युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियानमा हातेमालाे

युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियानमा हातेमालाे

युनिलिभरले नेपाली सेनाको हिमाल सफाइ अभियानमा हातेमालाे गर्ने भएको छ । कम्पनीले ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिवद्धताको एक अंश रूपमा ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको हो ।

नेपाली सेनासँग यस महान पहलका हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ रहेको कम्पनीले जनाएको छ । युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो/हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ । नेपाली सेनाको मुख्यालय, जंगीअड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको  राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिए । ‘हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिवद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा  यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौँ,’ सहारक रथी खड्काले भने ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्धनिर्देशक अम्लान मुखर्जीले यस निरन्तर सहकार्यमार्फत कम्पनीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेको बताए । नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु