nmb bank

गृहपृष्ठ प्रचण्ड-नेपाल र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

प्रचण्ड-नेपाल र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

प्रचण्ड-नेपाल र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसँग भेट गरेका छन् । भेटघाट आइतबार बिहान काेटेश्वरस्थित नेता नेपालकाे निवासमा भएकाे हाे ।

आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइलगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका छन् । भेटमा विप्लव समूहबाट नेता बास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति गरे पनि कार्यन्वयन नभएपछि सत्तारुढ दलका नेताहरुलाई निरन्तर भेट्दै आएका छन् । तर, सरकारले चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता लिने भने पनि त्यसकाे अझै कार्यानवयन भएकाे छैन ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु