काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

1.47K
shares

चितवन । इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ ।

यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा भएका सवारी दुर्घटनाका बिरामीसमेत आउने गर्दछन् । गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाबाटसमेत यहाँ बिरामी आउने गरेको उनले जानकारी दिए।

अस्पतालका मेडिकल अधिकृत डा अभिषेक लिम्बूले नवनिर्मित भवनबाट अस्पतालका उपलब्ध स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने बताए ।

नयाँ भवनमा सेवा सञ्चालनसँगै सेवाग्राहीलाई पहिलेभन्दा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिनेछ । अस्पतालबाट प्रदान हुँदै आएको बहिरङ सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), प्रयोगशाला, एक्स–रेलगायतका स्वास्थ्य सेवासम्बन्धी सेवा अब नवनिर्मित भवनबाट सञ्चालन हुने उनको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सेवा दिँदा दक्ष जनशक्ति कमी भएकाले सङ्घीय सरकारसँग थप जनशक्ति माग गरिएको छ । हाल अस्पतालमा पालिकाका दुई र बागमती प्रदेशको छात्रबृत्ति करारको एकगरी तीन जना चिकित्सक मात्र रहेका छन् । अस्पतालले चौबिसे घण्टा आकस्मिक सेवा दिँदै आएको छ । अस्पतालमा समयसमयमा विशेषज्ञ चिकित्सक बोलाएर सेवा दिने गरिएको छ । इच्छाकामना जिल्लाको एकमात्र गाउँपालिका हो । जहाँको अधिकांश भूगोल पहाडी रहेको छ ।