गृहपृष्ठ उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ ।
उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८:०० बजे (०९:०० जीएमटी) परीक्षण फायरिङ गरिएको थियो । दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।
प्रकाशित समय : २२:४२ बजे