global ime bank Long Banner Ad

गृहपृष्ठ थप १२ जनामा कोरोना पुष्टि, ३६ जना संक्रमणमुक्त

थप १२ जनामा कोरोना पुष्टि, ३६ जना संक्रमणमुक्त

थप १२ जनामा कोरोना पुष्टि, ३६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टिजेन परीक्षणमा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३६० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आइसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु