global ime bank Long Banner Ad

गृहपृष्ठ तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला

तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला

तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताए ।

उनले सबैको क्रियाशिलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित रहको भन्दै केन्द्रदेखि गाउँसम्म अब विभाजित नभई निर्वाचनमा लाग्नुपर्ने बताए । विगतको वर्ष कष्टकर रहेको भन्दै डा. कोइरालाले नयाँ वर्षलाई उत्साह र एकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

उनले पार्टीभित्र भएका मतभेद र मनभेदलाई पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने जनाउँदै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध संघर्ष गर्दै जाने बताए ।उनले नयाँ वर्षको सुखद् उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु