global ime bank Long Banner Ad

गृहपृष्ठ स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्मार्टकार्ड नेपालका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सम्झौतापश्चात माइ पे वालेट प्रयोगकर्ताले माइ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्छन् ।  यस्तै, माई पेमार्फत विभिन्न व्यापार-व्यवसायमा आवद्ध व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्नेछन् ।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको दाबी छ ।

प्रकाशित समय : ००:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु