गृहपृष्ठ आइएमई पे र दराजबीच छुट दिने विषयमा सम्झौता
आइएमई पे र दराजबीच छुट दिने विषयमा सम्झौता
आइएमई पे र दराजबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् । आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ गतेदेखि २०७९ वैशाख ७ गतेसम्मको लागि आइएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ बजेदेखि १२:३० बजेसम्म १० प्रतिशत छुट, एक हजार रुपैयाँ अधिकतम र अभियान सुरू भएको पहिलो आधा घण्टा पछि दैनिक रस हावर आधा-घण्टामा १० प्रतिशत छुट अधिकतम अर्थात्, सात सय ५० रुपैयाँसम्म हुने व्यवस्था मिलाइएको छ ।
रस हावरको समय बिहान ८ बजेदेखि ८स्३० बजेसम्म र दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म हुनेछ । साथै, दराजको १ रुपैयाँको गेममा पनि सहभागी भएर उपभोक्ताले सामसङ ए-०३ कोर, ७८५ फिटको खाट र रियलमीको नार्जो ५० जस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । आइएमईका अनुसार यो अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ, जहाँ प्रयोगकर्ताले आइएमइ पे भाउचर संकलन गरी छुट रिडिम गर्न सक्नेछन् ।
यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाट सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय : २१:१६ बजे