गृहपृष्ठ नेपाल उजेकिस्तानसँग पराजित
नेपाल उजेकिस्तानसँग पराजित
एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल गरे । खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे ।
नेपालका मणि लामाले एक गोल फर्काए । बलियो टोली उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमै तीन गोलले पछि परेको थियो । दोस्रो हाफमा नेपालले एक गोल फर्काउँदा थप दुई गोल व्यहोरेको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।
प्रकाशित समय : २१:४५ बजे



















