global ime bank Long Banner Ad

गृहपृष्ठ सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले 'अन्तर बैंक रकमान्तर सुविधा' लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्तरगत सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् । साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु