काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य घट्यो, कति छ बजार भाउ ?

12.66K
shares

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सयले नै घटेर ९८ हजार २ सय रुपैयाँमा आइपुगेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा तोकेको छ ।