गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो, कति छ बजार भाउ ?
सुनचाँदीको मूल्य घट्यो, कति छ बजार भाउ ?
आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सयले नै घटेर ९८ हजार २ सय रुपैयाँमा आइपुगेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा तोकेको छ ।
प्रकाशित समय : १६:४४ बजे


















