nmb bank

गृहपृष्ठ राष्ट्र बैंकले ३२ अर्बको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले ३२ अर्बको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । चैत २२ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिलको बोलकबोल केन्द्रीय बैंकले आज चैत २१ गते सोमबार गर्ने भएको हो ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । केन्द्रीय बैंकले जारी गर्न लागेको ट्रेजरी बिलमध्ये २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनको अवधिका लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेको छ ।

राष्ट्र बैंकले जारी गर्न लागेको २८ दिन ट्रेजरी बिल २०७९ वैशाख २० गते, ९१ दिने २०७९ असार २१ गते, १८२ दिने २०७९ असोज १८ गते र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल २०७९ चैत २१ गते परिपक्व हुनेछ । बोलकबोलमा सहभागि हुने बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकमध्ये सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु