nmb bank

गृहपृष्ठ १४ वर्षपछि ‘ग्रहण’मा सँगै देखिँदै नम्रता र विनय

१४ वर्षपछि ‘ग्रहण’मा सँगै देखिँदै नम्रता र विनय

१४ वर्षपछि ‘ग्रहण’मा सँगै देखिँदै नम्रता र विनय

नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र सारुक ताम्राकारको प्रमुख भूमिका रहने फिल्म ‘ग्रहण’ निर्माण हुने भएको छ । आइतबार भारतको सिक्किममा आयोजित कार्यक्रममा त्यहाँका सूचना तथा जनसम्पर्कमन्त्री लोकनाथ शर्माले फिल्म निर्माणलाई औपचारिकता दिए । फिल्ममा राजीव गुरुङको निर्माण तथा निर्देशन रहनेछ ।

फिल्म निर्माण घोषणा समारोहमा कलाकारबारे पनि जानकारी दिएकाे थियाे । थ्रिलर ड्रामा फिल्म रे भेन्चर्स प्रालिको ब्यानरमा निर्माण हुने भएको छ । सिक्किम र नेपालमा आधा-आधा छायांकन हुने फिल्म घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्मासहित निर्माता निर्मला गुरुङ र कलाकारहरु उपस्थित थिए ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् । ‘ग्रहण’मा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन र विशाल सापकोटाको पटकथा रहेको छ ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु