nmb bank

गृहपृष्ठ बलेफीको आईपीओ भर्ने आज अन्तिम दिन

बलेफीको आईपीओ भर्ने आज अन्तिम दिन

बलेफीको आईपीओ भर्ने आज अन्तिम दिन

बलेफी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधरणमा निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले चैत २१ गते सोमबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि कुल प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

निष्काशित सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरु सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले अवेदन दिन सक्नेछन् ।

कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्टाएर १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट माग गरेको थियो । जसमा २ करोड १२ लाख २६ हजार ७५० कित्ता सेयर खरीदको आवेदन परेको हो ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु