गृहपृष्ठ श्रीमतीको पारिवारिक सम्बन्धले देउवा मर्यादाविपरित भाजपाको कार्यालयमा : भीम रावल
श्रीमतीको पारिवारिक सम्बन्धले देउवा मर्यादाविपरित भाजपाको कार्यालयमा : भीम रावल
नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । नेता रावलले तीन दिने औपचारिक भ्रमणका लागि भारत गएका प्रधानमन्त्री देउवा कुटनीतिक मर्यादाविपरित भाजपाको कार्यालय गएको भन्दै प्रश्न उठाएका हुन् ।
‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमंको हैसियतले हो कि नेकां सभापतिको ?’, रावलले भनेका छन्, ‘भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसंग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो । भ्रमण पारिवारिक हो र ? यस्तै कामले नेपाल हेपिन्छ।’,
प्रधानमन्त्री पत्नी आरजु राणाले प्रधानमन्त्री निवास बालुवाटारदेखि व्यक्तिगत तहबाट सुरुआत गरेको कांग्रेस र भाजपाबीचको ‘राखी कुटनीति’लाई देउवाले भारत भ्रमणको दौरानमा नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा छिरेर संस्थागत गर्न लागेको सन्देश गएको छ । यो कुटनीतिक मर्यादाविपरित रहेको भन्दै नेपालमा आलोचनासमेत भइरहेको छ ।
रावलले सामाजिक सञ्जालमार्फत दिएकाे प्रतिक्रियामा यस्तै कारण नेपाल हेपिने गरेकाे समेत बताएका छन् ।
प्रकाशित समय : १४:०२ बजे

















