global ime bank Long Banner Ad

गृहपृष्ठ भारत भ्रमणको दोस्रो दिन : प्रधानमन्त्री देउवा समकक्षी मोदीसँग भेटवार्ता गर्दै

भारत भ्रमणको दोस्रो दिन : प्रधानमन्त्री देउवा समकक्षी मोदीसँग भेटवार्ता गर्दै

भारत भ्रमणको दोस्रो दिन : प्रधानमन्त्री देउवा समकक्षी मोदीसँग भेटवार्ता गर्दै

भारतको औपचारिक तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ । त्यसलगत्तै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार नेपाल फर्किनेछन् ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु