काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

12.71K
shares

नेपाल बैंकले आफ्नो ५०औँ एक्सटेन्सन काउन्टर दोलखाको चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट सुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर केसीले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घघाटन समारोहको अध्यक्षता बैंकको प्रादेशिक कार्यालय, बागमती प्रदेशका प्रमुख विनय केसरी पौड्यालले गरेका थिए भने कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख  डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत दोलखा स्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका अगुवा, बैंक कर्मचारीको सहभागिता रहेको थियो ।