काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘खल्ती’ बन्यो ‘डान्सिङ स्टार्स नेपाल’ को भोटिङ पार्टनर

12.12K
shares

खल्ती’ डिजिटल वालेट 'डान्सिङ स्टार्स नेपाल'को भोटिङ पार्टनर चयन भएको छ । 'डान्सिङ स्टार्स नेपाल' १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको रियालिटी शो हो । जसमा एक मात्र भोटिङ पार्टनरको रुपमा भुक्तानी सेवा प्रदायक डिजिटल वालेट ‘खल्ती’ले साझेदारी गरेको हो ।

यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण हुनेछ । 'शो'मा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरुको रुपमा रहेका छन् । कार्यक्रमको भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुचारु हुनेछ ।

‘खल्ती’का २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु छन् । साथै, ‘खल्ती’लेनिःशुल्क बैंक ट्रान्सफर, बैंक लिंक , स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको छ । खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साइटमा भुक्तानी गरि ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।