global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्रीको राजीनामा मागिएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका हुन् ।

व्यापार घाटा चुलिएको, अर्थतन्त्रका सबै सूचकहरु ओरालो लागेको र सुधारका प्रयास नगरेको भन्दै केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् । उनले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् ।

शनिबार कांग्रेस नेता शेखर कोइरालाले समेत एक सार्वजनिक कार्यक्रममै अर्थतन्त्र सुधार गर्न नसक्ने अर्थमन्त्रीबारे प्रधानमन्त्रीले बेलैमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित समय : २३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु