global ime bank Long Banner Ad

गृहपृष्ठ फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ।

क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बीको पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेले। यससँगै दुवै टोलीले समान एक–एक अंक बाँडे।

खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो। खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।

बोस्निया एन्ड हर्जगोभिनाले पहिलो हाफमा लिएको १–० गोलको अग्रता दोस्रो हाफमा जोगाउन सकेन। खेलको ७८औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो।

क्यानडाका काइल लारिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा टुङ्गियो।

आजै हुने विश्वकपको चौथो तथा समूह डीको पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ।

प्रकाशित समय : ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु