global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो

नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो

नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो

साताको पहिलो दिन आज सेयर बजार घटेको छ। आइतबार सेयर बजारको परिसूचक ४१.४३ अंकले घटेर २,५७२.२३ पुगेको हो । दिनभर जम्मा २३२ कम्पनीको ८९ लाख २३ हजार ४१ सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ ७८ पैसाको कारोबार भएको छ । कारोबार भएका कुल कम्पनीमध्ये १६६ कम्पनीको मूल्य घटेको छ भने जम्मा २५ कम्पनीको मूल्य बढेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये नन लाइफ इन्स्योरेन्स बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। नन लाइफ इन्स्योरेन्सको परिसूचक १.०९ प्रतिशतले बढेको हो । आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सानिमा जनरल लाइफ इन्स्योरेन्सको सेयर ९.६७ प्रतिशत र जनरल इन्स्योरेन्स कम्पनीको सेयर ९.६५ प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ रुपैयाँ ५० पैसाको कारोबार भएको हो । 

यसपछि, गुरास लाइफ इन्स्योरेन्सको १७ करोड ५१ लाख २ हजार ८६० रुपैयाँ ४० पैसा, एभरेस्ट इन्स्योरेन्सले १६ करोड ३१ लाख ४७ हजार ६७ रुपैयाँ, सूर्य लाइफ इन्स्योरेन्सको १६ करोड २९ लाख २२ हजार ७२८ रुपैयाँ ६० पैसा र प्रभु इन्स्योरेन्स कम्पनीको १५ करोड ३३ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु