गृहपृष्ठ पपुवा न्यू गिनीविरूद्ध नेपालको सहज सुरुआत
पपुवा न्यू गिनीविरूद्ध नेपालको सहज सुरुआत
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध खेलिरहेको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएपछि बलिङमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
सोमपालले पीएनजीका ओपनर हिरीलाई ४ रनमा आउट गरेका हुन् । सोमपालको बलमा हिरी विकेट किपर अनिल साहको हातबाट क्याच आउट भएका हुन् । यसै खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसीयमा डेब्यु गरेका छन् । पपुवा न्यू गिनीसँग पहिलोपटक घरेलु मैदानमा हुन लागेको खेलमा नेपाल लगातार छैटौं जित हात पार्ने सोचमा छ ।
सन् २०१८ मा नेपालले एकदिवसीय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडीआई मान्यता पाएको थियो । त्यसयता नेपालले पपुवा न्यू गिनीसँग हार व्यहोरेको छैन ।
प्रकाशित समय : १६:०७ बजे


















