global ime bank Long Banner Ad

गृहपृष्ठ लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह

लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह

लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन २ औँ दिनमा पुगेको छ ।

काठमाडौंकाे माइतीघरमा जारी आन्दोलनमार्फत समितिले सामाजिक न्यायको माग गर्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ । आन्दोलनकारीले सर्वोच्च अदालतबाट जारी परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे प्रतिवेदन असहमतिसहित तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

उनीहरूले विशेष वित्तीय तथा बैंकिङ सुधारमार्फत न्यायपूर्ण वित्तीय प्रणाली लागू गर्नुपर्ने, गरिब, मजदुर, किसान तथा न्यून आय भएका नागरिकलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने माग पनि राखेका छन् ।

त्यसैगरी आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा पारिश्रमिकको व्यवस्था गर्न र निजी बैंक तथा वित्तीय संस्थाको अन्यायपूर्ण तथा शोषणमूलक आर्थिक प्रणालीको अन्त्य गर्नुपर्ने मागसमेत आन्दोलनकारीको छ । संघर्ष समितिले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु