global ime bank Long Banner Ad

गृहपृष्ठ टेलिकम र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन

टेलिकम र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन

टेलिकम र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बिहीबार नेपाल टेलिकम र जीवन विकास लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल टेलिकमकोे २० प्रतिशत बोनस सेयरको समायोजन पछि सेयरमूल्य १ हजार २२० दशमलव ८३ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीवार १ हजार ४६५ मा अन्तिम कारोबार भएको थियो । त्यस्तै, जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस सेयरको समायोजन पछि सेयरमूल्य ३ हजार तोकेको छ । कम्पनीको बिहीबार कारोबार भएको अन्तिम मूल्य ५ हजार १०० सय रुपैयाँको आधारमा सेयरमूल्य समायोजन गरेको हो ।

टेलिकमले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ११ गते तथा जीवन विकास लघुवित्तले चैत १२ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । टेलिकमले गत आवको मुनाफाबाट सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा सुरु हुने जानकारी दिएको छ । जीवन विकास लघुवित्तले सेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस सेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत)वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०स्३० बजे सुरु गर्नेछ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु