गृहपृष्ठ सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल
सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधिसभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद जारी राखेको उनको निजी सचिवालयले जनाएको छ । सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरुलाई निर्देशन दिनुएको रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीले जानकारी दिए ।
सांसद चौधरीका अनुसार सभापति लामिछानेले वर्तमान परिस्थितिमा जनतामाझ पुगेर सद्भाव कायम गर्ने विषयमा काम गर्न सांसदहरूलाई यसअघि नै निर्देशन दिएको हुन् ।
प्रकाशित समय : १७:५१ बजे


















