गृहपृष्ठ धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय
धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
motionR: 0;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 266.1718;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 38;zeissColor: bright;
जनकपुर । धनुषामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शुक्रबार बसेको संर्वपक्षीय सद्भाव बैठकले धनुषा जिल्लामा विगतका दिनदेखि भईरहेको प्रदर्शनपश्चात जिल्लाको शान्ति, व्यवस्था, सुरक्षा सम्बन्धमा छलफल एवम समीक्षा गरेको छ ।
बैठकमा धनुषा जिल्लाको सदरमुकाम लगायत अन्य स्थानमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख्न सम्पूर्ण धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल, संघ संस्था, स्थानीय तहका जनप्रतिनिधिहरु र सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
साथै नागरिकहरुबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्ने÷गराउने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल तथा सहयोग गर्ने निर्णय बैठकमा गरिएको छ ।
बैठकमा सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने पुराना सन्दर्भका विषय र घटनालाई प्रचारमा ल्याउने, एक अर्काको धर्म एवम् सम्प्रदायप्रति वितृष्णा पैदा गर्ने एक अर्काप्रति घृणा फैलाउने, अमर्यादित एवम् अशोभनिय टिकाटिप्पणी गरी सामाजिक सद्भाव विगार्ने कार्य र प्रवृत्तिलाई आ आफ्ना तर्फबाट निरुत्साहित गर्ने सबै पक्षले प्रतिबद्धता जाहेर गरेका छन् ।
त्यस्तै विभिन्न धर्म, जातजाति, भाषाभाषी एवम् सम्प्रदायका नागरिकहरुबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न जनकपुरधाममा भोली बिहान ८ बजे सद्भाव र्याली आयोजना गर्ने बैठकमा निर्णय गरिएको छ ।
बैठकमा हिन्दु सम्राट सेनाका प्रतिनिधि भने अनुपश्थित रहेका थिए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले बेलुकासम्म हिन्दु सम्राट सेनाका प्रतिनिधिसंग समन्वय गरी सद्भाव र्यालीमा सहभागी हुन आग्रह गर्ने जानकारी दिए ।
प्रकाशित समय : १८:५१ बजे


















