गृहपृष्ठ राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते
नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौँथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते गर्ने बताएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । अध्यक्ष कटुवालले बानेश्वरको एभरेष्ट होटलमा समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने पनि बताए ।
उनले महासंघले आर्थिक विकासको लागि निरन्तर काम गर्दै आएको बताउँदै मुलुकमा राजनीतिक दल फेल हुँदा नीजि क्षेत्रले दुख पाएको गुनासो गरे ।
महासंघले पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुलाई नराम्रो असर गरेको बताएको छ । महँगी बढेर आम उपभोक्तामा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ ।
प्रकाशित समय : २३:४८ बजे

















