global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई महिलातर्फको उत्कृष्ट अवार्ड

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई महिलातर्फको उत्कृष्ट अवार्ड

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई महिलातर्फको उत्कृष्ट अवार्ड

मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेका हुन् ।

सिंगापुरस्थित वल्ड बिजनेस आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो । स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो ।

यसवर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।

यो छात्रवृतिले शाखा सञ्चालित वडा-पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको थियो ।

यसैगरी, नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओको इतिहास बनाएकी सीईओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्ड बिजनेस आउटलुकले जनाएको छ ।

नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सिइओ खुञ्जेली मात्रै छन् । सीईओ खुञ्जेलीले यसैबर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेका थिए । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो ।

उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सीईओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताइन् । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालामा जाने सीईओ खुञ्जेलीले बताइन् । २०४ वटा शाखा सञ्जाल रहेको मेगा बैंक स्थापनाको एक दशकमै नेपालको स्थापित बैंकको रुपमा अग्रपंक्तिमा रहेको छ ।

प्रकाशित समय : २३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु