गृहपृष्ठ ‘पियारी’पछि जोसेफ र अस्मिताको ‘रुप्स्या काली’ सार्वजनिक (भिडियो)
‘पियारी’पछि जोसेफ र अस्मिताको ‘रुप्स्या काली’ सार्वजनिक (भिडियो)

चर्चित गीत ‘पियारी’पछि जोसेफ शाही ठकुरीको ‘रुप्स्या काली’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच शाहीको आफ्नै युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।
लोक फ्युजन शैलीको गीतमा जासेफलाई महिला आवाजमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । सुदूर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट शब्द प्रयोग गरिएको गीतको शब्द र संगीत समेत गायक शाहीले नै तयार गरेका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने ध्वनि सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गौरव गिरीको निर्देशनमा तयार भएको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायांकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रंग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।
सहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउँदै एकोहोरो पछ्याएको कथावस्तु गीतमा छ । यसअघि उनको देउडा शैलीको गीत ‘पियारी’ निकै रुचाइएको थियो । त्यसले पनि उनलाई अझ राम्रो गर्नुपर्ने जिम्मेवारी छ । लोक शैलीको रोमान्टिक गीत रुप्स्या कालीलाई पनि आम स्रोतारदर्शकले मन पराउने अपेक्षा लिएको शाहीले बताए ।
गीतको भिडियो हेर्नुहोस्ः
प्रकाशित समय : २२:१८ बजे