nmb bank

गृहपृष्ठ लेटाङ घटनामा मृत्यु भएकी उर्मिलाको परिवारलाई राज्यले राहत दिन्छ : गृहमन्त्री खाण

लेटाङ घटनामा मृत्यु भएकी उर्मिलाको परिवारलाई राज्यले राहत दिन्छ : गृहमन्त्री खाण

लेटाङ घटनामा मृत्यु भएकी उर्मिलाको परिवारलाई राज्यले राहत दिन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले लेटाङ घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यले राहत दिने बताएका छन् । मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट राहत सुविधा उपलब्ध गराउने प्रतिबद्धता गृहमन्त्री खाणले जनाएका हुन् ।

उर्मिलाका श्रीमान नवीन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताएका हुन् ।

फागु पूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र(छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी, तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यस्तो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु