गृहपृष्ठ प्रचण्डले जनकपुरधाममा ५०० नेता कार्यकर्तालाई आज प्रशिक्षण दिँदै
प्रचण्डले जनकपुरधाममा ५०० नेता कार्यकर्तालाई आज प्रशिक्षण दिँदै
आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर पुग्ने भएका छन् ।
जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ ।
प्रकाशित समय : १२:४१ बजे



















