nmb bank

गृहपृष्ठ भक्तपुर नगर क्षेत्रका विद्यालयमा आइतबार बिदा नदिइने

भक्तपुर नगर क्षेत्रका विद्यालयमा आइतबार बिदा नदिइने

भक्तपुर नगर क्षेत्रका विद्यालयमा आइतबार बिदा नदिइने

भक्तपुर । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् ।

नगर कार्यपालिकाको विहीबार बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सम्पूर्ण विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले चैत २६ गतेको पत्रमार्फत मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको थियो ।

तर भक्तपुर नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रतिनिधिहरू, सार्वजनिक विद्यालय सामूहिक परीक्षा समिति, संयुक्त परीक्षा समिति, आधारभूत विद्यालय समिति तथा संस्थागत विद्यालय संघ नेपाल (इसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) , पेट्सान, हिसानलगायतले दुई दिन बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने निष्कर्ष निकाल्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

भक्तपुर जिल्ला अभिभावक संघलेसमेत आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने र वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक सत्रमा २२० कार्य दिन हुनुपर्ने व्यवस्था छ । साथै, सर्वोच्च अदालतको २०८२ चैत २० गतेको आदेशलाईसमेत नगरपालिकाले ध्यान दिएको थियो ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु