काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालेनको १२ वर्ष पुरानो र्‍याप भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी

2.5K
shares

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को १२ वर्ष पुरानो र्‍याप ब्याटल भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । उक्त भिडिओ महिला तथा यौनिक अल्पसङ्ख्यक (LGBTIQA+) समुदायविरुद्ध घृणास्पद अभिव्यक्ति समावेश रहेको आरोप लगाइएको छ ।

विवेक मगर, रोजी पुन, महिन्द्रसिँह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा शुक्रबार उजुरी दायर गरेका हुन् । उजुरीमा ‘सङ्ग्स नेपाल’ युट्युब च्यानलमा अपलोड गरिएको २० मिनेट १४ सेकेन्ड लामो भिडिओको लिंकसमेत समावेश गरिएको छ ।

भिडिओमा प्रयोग गरिएका शब्दहरू महिला विरोधी, अपमानजनक तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणात्मक रहेको उजुरीमा उल्लेख गरिएकाे छ । साथै केही अभिव्यक्तिहरूले बलात्कार तथा यौन हिंसालाई सामान्यीकरण गर्ने र समुदायलाई तुच्छ देखाउने आशय व्यक्त गरेको आरोप लगाइएको छ ।

हाल शाह देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदमा रहेको सन्दर्भमा यस्तो सामग्रीले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्ने दाबी उजुरीकर्ताहरूले गरेका छन् । उनीहरूले यस्तो अभिव्यक्तिले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र समानताको अधिकारमाथि आघात पुर्‍याएको उल्लेख गरेका छन् ।

उजुरीमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सार्वजनिक मर्यादा, शिष्टता तथा सामाजिक सद्भावविपरीत हुने सामग्री भएकाले यसलाई गैरकानुनी रूपमा लिनुपर्ने जिकिर गरिएको छ । साथै उक्त भिडिओ साइबर अपराधअन्तर्गत पर्ने देखिएको भन्दै आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।