nmb bank

गृहपृष्ठ हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता

काठमाडौं । हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच आज आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवर्द्धनमुखी कार्यहरूमा आपसी सहयोग र सहकार्य गर्ने विषयमा आज समझदारी भएको महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए ।

समझदारीअनुसार महासङ्घका वर्षभरि हुने कार्यक्रममा इन्सुरेन्स कम्पनीलाई साझेदारीको रूपमा प्रवर्द्धन गरिनेछ । सो समझदारी सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपम इन्सुरेन्स कम्पनीले महासङ्घका कार्यक्रममा आर्थिक रूपमा योगदान पुर्‍याउने जनाइएको छ ।

उक्त समझदारीपत्रमा महासङ्घको तर्फबाट महानिर्देशक देवकोटा र इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गरेका छन ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु