nmb bank

गृहपृष्ठ छायाँदेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रवन्धक

छायाँदेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रवन्धक

छायाँदेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रवन्धक

छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता ७८ चैत्र ६ गते आइतबार सम्पन्न भयो । सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडकातर्फबाट कम्पनीकाे प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले हाल काठमाडाैँको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ ।

जसअन्तर्गत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल दि एलोफ्ट' सञ्चालन भइरहेको छ । विदेशी पर्यटकहरुको लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छायाँ देवी कम्पलेक्स लिमिटेड नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्सको रुपमा रहेको छ ।

कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु