गृहपृष्ठ ‘लाेकप्रिय सरु संगीत घर’ दाेस्राे वर्षमा
‘लाेकप्रिय सरु संगीत घर’ दाेस्राे वर्षमा
‘लोकप्रिय सरु संगीत घर’ दाेस्राे वर्षमा प्रवेश गरेकाे छ । संगीत घरले आफ्नो पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाएकाे छ ।
वार्षिकाेत्सवकाे अवसरमा आयाेजित प्रतियाेगिता ‘पर्फमेन्स अफ स्टुडेन्ट आर्टिस्ट’का विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि हास्य कलाकार किरण केसीले पुरस्कार हस्तान्तरण गरे । प्रतियाेगितामा प्रथम हुने आर्या खनाल, द्वितीय हुने अनुस्किता पोखरेल, तृतीय हुने शुभम निरौला तथा सान्त्वना स्थान हासिल गर्ने प्रारुप प्रसाईं महालक्ष्रमी नगरपालिकाको सानागाँउमा शनिबार आयोजित वार्षिकाेत्सव समाराेहमा नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत भएका हुन् ।
संगीत घरका निर्देशक तथा संगीतकार डेनी निरौलाले कोरोना महामारीमा पनि भर्चुअल माध्यमबाट जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका विद्यार्थीलगायत सबैलाई धन्यवाद ज्ञापन गरे । वार्षिकाेत्सव समाराेहमा गायन तथा नृत्यका कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
प्रकाशित समय : २१:३१ बजे


















