काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

13.36K
shares

भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा अल्पकालीन तथा दिर्घकालीन अवधिका तीन वटा ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने उक्त ट्रेजरीको जारी मिती भने चैत्र आठ गते तोकिएको छ । जारी हुने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको २ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ असार सात गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ असोज चार गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ चैत्र सात गते देखिएको छ । बिक्री हुने यि सबै ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यसअघि यही चैत्र एक गते पनि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।