गृहपृष्ठ नेप्से १४.६७ अंकले घट्यो

नेप्से १४.६७ अंकले घट्यो

नेप्से १४.६७ अंकले घट्यो

साताको पहिलो दिन आज सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ अंकको विन्दूमा झरेको हो । दिनभरीमा २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ सेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँ ५२ पैसाको कारोबार भएको छ ।

कारोबार भएका कुल कम्पनीमध्ये ४६ कम्पनीको मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर छ । त्यस्तै, आज १३ उपसमूहमध्ये इन्भेस्टमेन्ट उपसमूहबाहेक बाँकी १२ वटै उपसमूहको परिसूचक घटेको छ । इनभेस्टमेन्टको परिसूचक १.६६ प्रतिशतले बढेको हो । आज राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ र इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ । निफ्राको सेयर ४.८९ प्रतिशत र सप्तकोशी विकास बैंकको ४.४८ प्रतिशले सेयर बढेको छ । बाँकी कम्पनीको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ ३० पैसाको कारोबार भएको हो । यसपछि, जीवन विकास लघुवित्त वित्तीय संस्थाको १३ करोड ४२ लाख ९१ हजार ६८१ रुपैयाँ ६० पैसा, एनटीसीको ८ करोड ८२ लाख ४८ हजार ४९३ रुपैयाँ ८० रुपैयाँ १० पैसा, एनटीसीको ८ करोड ६७ लाख ४४ हजार ७७८ रुपैयाँ ८० पैसा र नेपाल बैंकको ५ करोड ९७ लाख ९ हजार ६०१ रुपैयाँ ८० पैसाको कारोबार भएको छ ।

प्रकाशित समय : २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु