गृहपृष्ठ पर्वतारोहणको संघकाे निर्वाचन जेठ तेस्रो साता
पर्वतारोहणको संघकाे निर्वाचन जेठ तेस्रो साता
नेपाल पर्वतारोहण संघकाे नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।
संघकाे आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तयार गरेको हो । संघका महासचिव कुलबहादुर गुरुङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न संघकाे विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।
उक्त आयोगमा अधिवक्ता डा. गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा. रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् । साथै, संघले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण संघ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।
प्रकाशित समय : २१:२९ बजे

















