काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० गते

12.45K
shares

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN)ले लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न चैत ३० गते कम्पनीको २६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले चैत ३० गते प्रभु कम्प्लेक्स तिनकुने काठमाडाैँमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त मिति र स्थानमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण,नाफा-नोक्सान हिसाब लगायतलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । सेयरधनी दर्तापुस्तिका बन्द मिति (बुकक्लोज) का अनुसार चैत १६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।