global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मलेसियामा कोभिड संक्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

मलेसियामा कोभिड संक्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

मलेसियामा कोभिड संक्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

मलेसियामा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना संक्रमित भएका छन् ।

यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना संक्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना संक्रमितको मृत्यु भएको छ । यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि संक्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु