गृहपृष्ठ फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमको घाटा मासिक साढे १० अर्ब

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमको घाटा मासिक साढे १० अर्ब

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमको घाटा मासिक साढे १० अर्ब

इण्डियन आयल कर्पोरेसन (आइओसी)लै पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ । नेपाल आयल निगमलाई आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ सूची अनुसार निगमले १ लिटर पेट्रोल किन्दा इण्डियन आयल कर्पोरेसनलाई ११०.१३ रुपैयाँ तिर्नुपर्ने भएको छ । कर र अन्य लागत जोड्दा निगमको लागत १ सय ८२ रुपैयाँ प्रतिलिटर पुग्ने भएको छ । डिजेलको लागत मूल्य १६९.४४ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको लागत २२ सय ४० रुपैयाँ ३४ पैसा प्रतिसिलिण्डर पुगेको छ । नयाँ आएको मूल्य सूची र अहिलेको बिक्री मूल्यका आधारमा निगमलाई मासिक १० अर्ब रुपैयाँभन्दा बढी घाटा हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । अब जसरी पनि मूल्य बढाउनैपर्ने बाध्यता आइपरेको निगमले बताएको छ । यस विषयमा शुक्रबारसम्म निर्णय भइसक्नेछ ।

निगमकाे विज्ञप्ति :

 

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु