global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पपुवा न्यूगिनीद्वारा नेपालसामु २०५ रनकाे विजय लक्ष्य प्रस्तुत

पपुवा न्यूगिनीद्वारा नेपालसामु २०५ रनकाे विजय लक्ष्य प्रस्तुत

पपुवा न्यूगिनीद्वारा नेपालसामु २०५ रनकाे विजय लक्ष्य प्रस्तुत

पपुवा न्यूगिनीले आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रंगशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।

पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै सात चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन । त्यस्तै चाद सोपरले ७४ बल खेल्दै दुई चौकासहित ३५ रन जोडे । नर्मन भानुवा १२ बलमा दुई चौका र एक छक्कासहित २३ रनमा रन आउट भए ।

त्यस्तै टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु