गृहपृष्ठ आज पनि घट्यो नेप्से, काराेबार रकमसमेत खुम्चियो
आज पनि घट्यो नेप्से, काराेबार रकमसमेत खुम्चियो
बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो । यस्तै आज 'क' वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बिमाको उपसूचक ०.६४ प्रतिशतले र म्युचुअल फन्ड ०.०२ प्रतिशतले बढेको छ । बाँकी अन्य सम्पूर्ण उपसूचक ऋणात्मक भएका छन् । १९ अंक माथिले घटेको बजारमा आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसअघि मंगलबार पनि नेप्से दाेहाेराे अंकले घटेकाे थियाे । मंगलबार नेप्से १७.१५ अंक र सेन्सेटिभ सूचक पनि ७.२६ अंकले घटेको थियाे । त्यस दिन नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।
प्रकाशित समय : २१:३५ बजे


















