माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सीसीयू वार्ड हस्तान्तरण
वि.सं.२०७८ चैत १ मंगलवार २२:५७
shares

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सीसीयू वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरे । उक्त सीसीयू वार्ड हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

























